MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मुटुसम्बन्धी रोग लागेकाहरूका लागि सुकुमेल

Published Date: 2017-05-31 00:00:00



सुकुमेल मुटुसम्बन्धी रोग लागेकाहरूका लागि पनि सुकुमेल लाभदायक मानिन्छ। मुटुको गति तीव्र हुने, हाइपरटेन्सनलगायत मुटुसम्बन्धी समस्या भएकाहरूले चियामा सुकुमेल हालेर पिउँदा राम्रो हुन्छ।सुकुमेल खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ। सुकुमेल खाना खाइसकेपछि मसलाका रुपमा प्रयोग गरिन्छ।

सुकुमेल खानुका फाइदाहरु

१) सुकुमेल खानाले शरीरमा जम्मा भएका विकार कम हुन्छ।

२) भोक नलाग्ने, बान्ता हुने, अपज हुनेलगायत समस्या छ भने सुकुमेल खानाले कम हुन्छ।

३) सुकुमेलको तेललाई डिप्रेसनविरुद्धको औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

४) एसिडिटी, ग्यासट्रिकलगायत पेटसम्बन्धी समस्या भएकाहरूले समेत सुकुमेल खानु राम्रो हो।

५) सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाएर चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले श्वासलाई ताजा राखी दुर्गन्ध हटाउँछ।


loading...