MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हास्दाखेरि हुने फाइदाहरु

Published Date: 2017-06-04 00:00:00



हास्दा मान्छे सक्रिय मात्र नभई स्वास्थमा पनि धेरै सकारात्मक प्रतिक्रिया आउने गर्छ । दिनभरिको तनाब भगाउनलाई आजकल हास्य क्लब, कमेडी सो आदिहरुले सक्रिय भूमिका खेल्ने गर्छन ।

१) हास्दा हाम्रो मुटुको एक्सरसाईज हुन्छ । रक्त(संचार राम्रोसंग हुन्छ । हास्दा शरीरबाट एण्डोफ्रीन रसायन निक्लिन्छ । यो हाम्रो मुटुलाई मजबुत बनाउछ । हास्नाले हृदयघात हुने सम्भावना कम गर्छ ।

२) एक रिसर्चको अनुसार अक्सिजनको उपस्थितिमा क्यान्सर कोषिका र कैयो अरु प्रकारको ब्याक्टेरिया तथा भाइरस नस्ट हुनेगर्छ । हास्दाखेरि हामीलाई अक्सिजन अधिकमात्रामा मिल्ने गर्छ र शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ ।

३) यदी बिहानको समय हास्य ध्यान योग गरे हाम्रो पुरै दिन प्रसन्नतामा बित्ने गर्छ । यदी यो योग राति गरेमा निन्द्रा राम्रो लाग्नेछ । हास्य योगले हाम्रो शरीरमा हारमोन्सको स्राब हुन्छ, जसले मधुमेह, ढाड दुख्ने तथा डिप्रेसन भएको व्यक्तिको लागि अति राम्रो योग हो ।

४) हास्नाले हामीलाई सकारात्मक उर्जा आउने गर्छ । हाम्रो शरीर हलुको , दिमाग ताजा र अफिसमा शरीर सक्रिय रहिरहनेछ ।

५) हरेक दिन एक घण्टा हास्नाले ४०० क्यालोरी उर्जा खपत हुन्छ, यसले हाम्रो मोटोपनमा काबु राख्छ ।

loading...