MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सैफकी छोरी साराले अर्कै हिरो छानेपछि ,सलमान तनावमा

Published Date: 2017-06-04 00:00:00



केही दिनअगाडि मात्रै अभिषेक कपुरले घोषणा गरे कि उनको फिल्म ‘केदारनाथ’ बाट ठूलो पर्दामा साराले इन्ट्री लिनेछिन् र यसमा उनका हिरो हुनेछन् सुशांत सिंह राजपूत । यो थाहा पाएपछि सलमान निकै रिसाएको खबर छ । सलमानकी बहिनी अर्पिताका श्रीमान आयूष फिल्म खेल्नका लागि खुट्टो उचालिरहेका छन् । 


उनलाई सारासँगै डेब्यू गराउन सलमानले तयारी गरिरहेका थिए । सारा र आयूषले एक साथ फिल्ममा इन्ट्री गर्दैछन् भनेर सलमानका पिआरले प्रेस नोट पनि पठाएका थिए । तर, आखिरमा साराले आयूषको साटो सुशान्तलाई रोजिन् । खबरअनुसार सलमानले सारालाई म्यासेज गरेर भेट्न आग्रहसमेत गरेका थिए । तर, साराले उनलाई कुनै रिप्लाई दिइनन् । हेरौ अब यो अपमानको बदला सलमानले कसरी लिनेछन् ।

loading...