MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दीपिकाको पुरानो प्रेम सार्वजनिक

Published Date: 2017-06-05 00:00:00



दीपिका पादुकोणको  केही पुराना तस्बिरहरु सार्वजनिक भएका छन् जसमा उनी टेलिभिजन अभिनेता उपेन पटेलसँग छिन् । जानकारी अनुसार दीपिका र उपेनको यो तस्बिर मोडलिङको समयको हो । त्यसबखत यी दुई एकअर्कालाई डेट गरिरहेका थिए । तर उपेनले दीपिकाको प्रेमलाई गम्भिरताका साथ नलिएका कारण उनीहरु एकअर्काबाट अलग भए । 


उपेनसँग ब्रेकअप भएपछि दीपिकाले बैंगलोर छाडेर मुम्बईको यात्रा तय गरेकी थिईन् । उनले मुम्बई आएर अनुपम खेरको एक्टिंग स्कुलमा अभिनय सिक्न थालिन् । यो क्रममा उनको चिनजान निहार पंड्यासँग भयो र फेरि उनी निहारको प्रेममा परिन् । तर दीपिकाको मनबाट उपेनको माया भने कम भएको थिए । यहि कारण उनी उपेनसँग निरन्तर सम्पर्कमा थिईन् । दीपिकालाई छाडेर उपेनले शमिता सिंघालाई प्रेमिका बनाएका थिए । तर शमितासँग पनि उपेनको ब्रेकअप भयो । 


जानकारी अनुसार शमितासँग ब्रेकअप भएपछि दीपिका फेरि उपेनसँग नजिकिएकी थिईन् । अर्थात दीपिकाले उपेनको मायालाई दोस्रो मौका दिएकी थिईन् । तर उनीहरुको सम्बन्ध सामान्य रुपमा अघि बढ्न सकेन ।ओम शान्ति ओमबाट बलिवुड करिअरको सुरुवात गरेकी दीपिकाको सिने करिअरसँगै लभ करिअर पनि फस्टाएकै छ । उनको रणवीर कपूर, युवराज सिंह, सिद्धार्थ माल्या, मुजामिल ईब्राहिम लगायतसँग पनि अफेयर रह्यो । हाल उनी रणवीर सिंहको प्रेममा छिन् ।

loading...