MJ Radio
Facebook Twitter Youtube Skype
Flag

१९ किलो तौल घटाउने योजनामा करीना कपूर

Published Date: 2017-06-05 00:00:00



अभिनेत्री करीना कपूर खानको गर्भवति भएको समयमा १८ किलो भन्दा धेरै तौल बढेको थियो । आमा बनेपछि त उनी एकदमै मोटी देखिईन् । तर आमा बनेको केही महिनामै उनी आफ्नो तौल घटाउन लागिहालिन् । जिमखाना र योगा क्लास करीनाको दिनचर्या जस्तै नै भयो । जिरो फिगर भएकी अभिनेत्रीको परिचय पाएकी उनलाई आमा बनेपछि मोटाएको देख्दा आफैलाई दिक्क लाग्न थाल्यो । तर अब भने उनले आफूलाई लगभग सन्तुलनमा ल्याईसकेकी छिन् । 

जानकारी अनुसार उनले तीन महिनामा झण्डै १६ किलो तौल घटाएकी छिन् ।सिनेमा ‘वीरे दी वेडिङ’को काम सुरु गर्नु अघि उनले १९ किलो तौल घटाउनु पर्ने छ जसमध्ये १६ किलो उनले घटाईसकेकी छिन् ।उनले तौल घटाएको चर्चासँगै छोरा तैमुरपनि अहिले चर्चामा छन् । केही दनि अघि उनको क्युट लुक सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो ।

loading...