MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मकैबाट प्राप्त हुने फाइदाहरु

Published Date: 2017-06-08 00:00:00



मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ। यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन्। बजारमा पाइने फूलमकै वा पपकर्न खान स्वादिलो पनि हुन्छ तर घरैमा मकै उमालेर खाजाका रूपमा वा तरकारीसँग खान सकिन्छ । तौल घटाउन पनि मकै उपयोगी हुन्छ। मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ। यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन्। मकैबाट प्राप्त हुने फाइदाहरु

१) हड्डी स् मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ। बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ।

२) तौल घटाउनस् मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ। यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ।

३) कब्जियतस् कब्जियतको समस्या छ भने उमालेको मकै खानुस्। यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ।

४) राम्रो छालास् छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ। यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन।

५) क्यान्सरस् मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन। मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ।



loading...