MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चिया र कफी खानुका फाइदाहरु

Published Date: 2017-06-08 00:00:00



हाम्रो दैनिक जीवनमा चिया र कफी अनिवार्य भइसकेको छ।चिया र कफी नपिउने मानिस सायदै होलान्। घरमा पाहुना आउँदा होस् या साथीसंगी भेटघाट हुँदा चिया–कफीको अफर चलिहाल्छ। यो सँगै चिया र कफीको फाइदा–बेफाइदाका कुरा पनि चलिरहन्छन्। चिया र कफीका गुण–दोषबारे विभिन्न अध्ययन–अनुसन्धानहरु भएका छन्।

चिया र कफी खानुका फाइदाहरु

१) नियमित चिया खाँदा छाला, स्तन र प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून हुने केही अध्ययनले देखाएका छन्।

२) चियामा पनि ग्रिन टी स्वास्थ्यका लागि अझै प्रभावकारी मानिन्छ। किनकि यसमा एन्टिअक्सिडियन्ट तत्व हुन्छ। ग्रिन टीले शरीरको कोष हानी हुनबाट जोगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने अध्ययनहरुले देखाएका छन्। त्यस्तै ग्रिन टिले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ।

३) चियाले अल्जाइमर रोगबाट पनि बचाउने अध्ययनहरुले देखाएका छन्। कालो कफी स्वास्थ्यको लागो सधैं लाभदायक मानिन्छ । यसमा क्यालोरीको मात्रा ज्यादै काम हुन्छ र क्याल्सीयम तथा पोटासियम जस्ता खनिज तत्व पाईन्छ।

४) कफी मुटुको लागी समेत राम्रो मानिन्छ।कालो कफीले व्यक्ति को स्नायुप्रणलीलाई स्वस्थ राख्छ तथा आत्महत्याको आशंकालाई कम गर्छ।

५) कफीले शरीरलाई तन्दरुस्त राख्छ र शरीरको अतिरिक्त बोसो काम गर्छ, शरीरमा स्फुर्ती दिन्छ तथा टाइप द्द डायबिटीजको रिस्क कम गर्दछ।


loading...