MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पाठेघर खस्नुका कारणहरु

Published Date: 2017-06-13 00:00:00



पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अंग हो। यो एक तर्फ योनीमार्ग संग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नली संग जोडिएको हुन्छ। पाठेघर महिलाको प्रजनन् अंग हो। बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर ‘लुज’ भएर जान्छ। पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ, सपोर्ट कम भएपछि ‘लुज’ भएर तल आउँछ। पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ। कसैको कम खस्छ भने कसैको धेरै खस्छ।

पाठेघर झर्नु ९खस्नु० भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो। यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई हुन सक्छ। यसलाई गाँउठाँउ अनुसार पाठेघर झर्ने ९खस्ने० वा आङ खस्नु पनि भनिन्छ। पाठेघर खस्नुका कारण के रु

महिलाको पाठेघर झर्नु ९खस्नु० को मुख्य कारण उनको गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु विस्तारै तल खस्नाले हुन्छ । पाठेघर झर्नुका मुख्य कारणहरु निम्न छन् ।

१) कम उमेरमा विवाह गर्नाले।

२) कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनाले।

३) बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नाले।

४) सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौँ कामहरु गर्नाले।

५) गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले।

६) सुत्केरी अवस्थामा धेरै हिड्ने, गह्रौँ भारी उचाल्ने बोक्ने गर्नाले।

loading...