MJ Radio
Facebook Twitter Youtube Skype
Flag

महिनावारी हुदा महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु

Published Date: 2017-06-21 00:00:00



प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर यहीँ रजस्वलाका विषयमा पनि विभिन्न खाले नकारात्मक मान्यताहरु छन्। महिलाहरुमा सामान्यतया एक महिनाको समयमा महिनावारी हुन्छ । कतिपयले यस्तो महिनाबारी ठ्याक्कै २८ दिनमै हुनुपर्छ र नभएमा त्यो खतराको संकेत हो भन्ने ठान्छन्। तर यस्तो होइन। महिलामा महिनावारी चक्रमा निश्चित दिन नहुन सक्छ । कहिले बढि हुनसक्छ र कहिले कम, २८ दिन केवल औषत मात्र हो।

महिनावारी हुदा महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु

१) महिलाहरु एउटै प्याड लगाएर दिनभरी चलाउँछन् र राति मात्रै बदल्छन् तर यो ठीक होइन । लगातार धेरै घन्टासम्म एउटै प्याड लगाउँदा संक्रमणको खतरा हुन्छ । त्यसैले हरेक ६ घन्टामा प्याड फेर्नुपर्छ।

२) महिनावारीको दौरानमा गुप्ताङ्गबाट रगत बग्छ तर कसैकसैको हकमा रगतको ढिक्का पनि निस्कन्छ। यसलाई आमरुपमा लिनु हुँदैन । यस्तो समस्या आएको खण्डमा वेवास्ता नगरी डाक्टरकहाँ जानुपर्छ।

३) महिनावारीको दौरानमा गुप्ताङ्गबाट रगत बग्छ। तर कसैकसैको हकमा रगतको ढिक्का पनि निस्कन्छ। यसलाई आमरुपमा लिनु हुँदैन । यस्तो समस्या आएको खण्डमा वेवास्ता नगरी डाक्टरकहाँ जानुपर्छ।

४) महिनावारीका क्रममा केही महिलाहरुलाई असैह्य पीडा हुन्छ। पीडाबाट मुक्ति पाउनका लागि उनीहरु पेनकिलर खाने गर्छन् । तर यस्तो बेलामा धेरै औषधिको सेवन हानीकारक हुन सक्छ। यसले किड्नी र फोक्सोलाई असर गर्छ। पीडाबाट छुटकारा पाउनका लागि तातो पानीले सेक्नु उचित हुन्छ।

५) महिनावारीको दौरान असुरक्षित यौन सम्वन्ध राख्नु हुँदैन किनकी यसले संक्रमणको जोखिम बढ्छ।

loading...