MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘जीन्दगी एउटा गीत हो’ गाउदै गाउदै जाऊ

Published Date: 2017-07-10 00:00:00



चलचित्र ‘भूइँमान्छे’को एउटा रोमान्टिक गीत ‘जीन्दगी एउटा गीत हो’ को भिडियो सार्वजनिक भएको छ। पछिल्लो पुस्ताका गायक प्रमोद खरेलको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन छ। ‘जीन्दगी एउटा गीत हो’ बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रमेश वुढाथोकी र नायिका सिपोरा गुरुङको प्रेमभाव देखाइएको छ।

शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुति नेपाली चलचित्र भुँईमान्छे अस्पतालमा पोस्टमार्टम गर्ने मान्छेको कथा हो। आउँदो भाद्र २ गते अल नेपाल रिलिज हुन लागेको चलचित्रमा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई,बादल भट्ट,रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।


loading...