MJ Radio
Facebook Twitter Youtube Skype
Flag

आना र आशिरमानको “अजम्बरी पिरती” सार्वजनिक

Published Date: 2017-07-17 00:00:00



चलचित्र ‘ग्याङस्टार ब्लुज’को रोमान्टिक गीत “अजम्बरी पिरती” सार्वजनिक भएको छ। सार्वजनिक पहिलो गीतमा चलचित्रका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र आना शर्माको बढ्दो प्रेमलाई देखाइएको छ। कालीप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको गीतमा कालीप्रसाद र मेलिना राईको आवाज रहेको छ।

हेमराज बिसिको निर्देशनमा तयार भएको चलचित्रमा सरोज न्यैपानेको साथमा निर्देशक बिसिले लगानी गरेका छन्। चलचित्रमा आना र आशिरमान, सयंम पुरी, प्रमोद अग्रहरी, रोजिसा शाही लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र भदौ २ गते बाट प्रदर्शन हुने छ।


loading...