MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अश्लेषाको प्रेममा परि न हाँस्न न त रुन नै सक्नेु भए प्रदीप

Published Date: 2017-07-17 00:00:00



चलचित्र ‘प्रेमगीत २’ को सेन्टीमेन्टल गीत “न त हास्ँन सक्छु” सार्वजनिक भएको छ। प्रेमगीतको कभरगीत प्रतियोगिताका विजेता सागरसंसार राईको आवाजमा रहेको गीतमा मनिषा खड्काको शब्द साथै अलिश कार्कीको संगीत रहेको छ। भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्काको प्रेम पीडा देखाइएको छ।

रामशरण पाठकको निर्देशनमा बनेको चलचित्र ‘प्रेमगीत २’मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी लगायत कलाकारको अभिनय रहेको छ। आशुसेन फिल्मसद्धारा निर्मित सिनेमालाई नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ। चलचित्र साउन १३ गतेबाट देशभर रिलिज हुँदैछ।


loading...