MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सौगात र आशिष्माको "सम्झनाको सारंगी"

Published Date: 2017-07-19 00:00:00



चलचित्र संरक्षण”मा समावेश "सम्झनाको सारंगी" बोलको गीत सार्वजनिक भएको छ। स्वरुपराज आचार्यको आवाज रहेको गीतमा धिरेन्द्र प्रेमर्शीको शब्द र परवेश मल्लिकको संगीत रहेको छ। गीतमा नायक सौगात मल्ललाई नायिका अशिष्मा नकर्मीको यादमा तड्पिएको देख्न सकिन्छ ।

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ। चलचित्रलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन्।

राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ प्रस्तुत भएको चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन रहेको छ। चितवनमा चलचित्रको रेड कार्पेट प्रिमियर शो हुने भएको छ। लक्की मिडिया हाउस चितवनको आयोजनामा साउन २५ गते, बुधबार साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर शो हुने भएको छ। चलचित्रको प्रिमियर गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा बृद्धाआश्रममा लत्ताकपडा वितरणको साथै खाना खुवाउने कार्यक्रम पनि राखिएको छ।


loading...