MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘ग्याङस्टार ब्लुज’ को आइटम गीत ‘अबला’ रिलिज

Published Date: 2017-07-28 00:00:00



चलचित्र ‘ग्याङस्टार ब्लुज’को आइटम गीत ‘अबला’ बुधबार युट्युब मार्फत सार्वजनिक भएको छ। कालिप्रसाद बास्कोटा र बानिका प्रधानको स्वर रहेको यो गीतमा कालिप्रसादकै संगीत, कालिप्रसाद, एकतारे र मानसको शब्द रहेको छ। गीतमा सृष्टि कार्कीले नृत्य गरेकी छिन्।

ग्याङस्टारहरुको कथामा बनेको यो चलचित्रमा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ। हेमराज बीसीले निर्देशन गरेको चलचित्रमा मनिष पण्डित कार्यकारी निर्माता र सरोज न्यौपाने निर्माताको रुपमा रहेका छन्। चलचित्र भदौ २ गतेबाट रिलिज हुने छ।



loading...