MJ Radio
Facebook Twitter Youtube Skype
Flag

रुमाल र औठी चिनो माग्दै आर्यन र रेखा

Published Date: 2017-07-31 00:00:00



चलचित्र रुद्रप्रियाको पहिलो गीत ‘रुमाल चिनो देउ’ को अडियो गीत रिलिज भएको छ। ‘मेरो माया छ भने‘’ बोलको गीत तिहारमा देउसी(भैलो खेल्ने दर्शकका लागि कम्मर मर्काउन उपहार हुन सक्छ। चलचित्र पनि लक्ष्मीपुजाको अवसर पारेर कार्तिक २ मा प्रदर्शन हुने भएको छ।

डान्सिङ नम्बरमा हिट संगीतकार राजनराज सिवाकोटी शब्दरसंगीत छ। राजन इशानको एरेन्ज रहेको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ। चलचित्र ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन भने, निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्। संजय लामाको छायाँकन रहेको सिनेमामा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ। सिनेमामा रेखा र आर्यनसँगै राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ।


loading...