MJ Radio
Facebook Twitter Youtube Skype
Flag

डण्डिफोर निको पार्ने ५ घरेलु उपायहरु

Published Date: 2017-07-31 00:00:00



महिला होस् या पुरुष दुवैलाई सुन्दर बन्ने रहर हुन्छ। अधिकांश किशोर र वयस्कलाई पनि डण्डिफोरको समस्या हुने गर्दछ। डडिफोरलाई याक्नीया भनिन्छ। पुरुषको तुलनामा महिलामा डण्डिफोरको प्रभाव धेरै हुन्छ। सामान्यतया युवा अवस्थामा यसले धेरै प्रभाव पारेको हुन्छ। यसको मुख्य कारण युवावस्थामा हुने हर्मोनको परिवर्तन हो। हर्मोन परिर्वतनसँगै युवा युवतीमा डण्डिफोर देखिन सुरु गर्छ। हर्मोन परिवर्तनसँगै चिल्लो हर्मोन उत्पादन गर्ने सेवासिएस ग्रन्थीहरु बढी सकृय हुन्छन्। यसको सकृयतासँगै अनुहारमा चिल्लो निस्कन सुरु भई व्याक्टेरियाहरु उत्पादन हुन्छ। जसका कारण अनुहारमा डण्डिफोर आउने हुन्छ। १५ वषदेखि सुरु भई २०र२१ वर्षसम्म रहन्छ । तर, कसै कसैलाई ४०र५० वर्षको उमेरसम्म पनि देखिन सक्छ ।

कसरी आउँछ डण्डिफोर 
युवावस्थामा अधिकांशलाई सताउने छालाको साझा दोष हो( डण्डिफोर१ विश्वभरीका ८०५ भन्दा बढि युवायुवतीहरूले डण्डिफोरको पीडा सहने गर्छन्। हुन त प्रौढ अवस्थामा पनि थुप्रै कारणले गर्दा डण्डिफोर आउने गर्छ, जस्तैस एण्ड्रोजेन नामक हरमोनमा असन्तुलन।

हाल डण्डिफोरको बारेमा थुप्रै अनुसन्धानहरू भैरहेका छन्, तरपनि यसको ठेट कारण भने अझसम्म पत्ता लाग्न सकेको छैन। तर डण्डिफोर आउनु पनि हाम्रो प्रतिरक्षा प्रणालीकै कारण हो। हाम्रो छालामा हुने सूक्ष्म प्वालहरू जब बाहिरको धुलो र ब्याक्टेरियाले टाल्लिन्छ, तब त्यस प्वालमा हुने तेल निकाल्ने सबासियस ग्रन्थि पनि टाल्लिन जान्छ। जसको कारण ब्याक्टेरियाले सङ्क्रमण गराउन सुरु गर्छ। यहि ब्याक्टेरियाहरू हाम्रो शरीरभित्र पस्न नपाओस् भनेर सेता रक्तकोषहरूले छेकेर बस्ने गर्दछन् र ती ब्याक्टेरियाहरूलाई बाहिर निकाल्न खोज्छन्। यसै कारण नै कुनै(कुनै डण्डिफोरको टुप्पामा कालो खिल देखिन्छ।

डण्डिफोर निको पार्ने ५ घरेलु उपाय

१) कागती स् कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ। तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन। किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ। त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस। यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ।

२) मह स् महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ। सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस। यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस। त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ।

३) काँक्रो स् काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस। यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ। यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस। करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस। यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ।

४) मेवा स् मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ। मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्नन दिनुस। सुकेपछि मनतातो पानीले सफा गर्नुुस तपाईँको छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ।

५) टूथपेस्ट स् टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ। तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ। टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान सफा पानीले मुख धुनुस। तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ। यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ। तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको डण्डिफोरमा रहनै पर्छ।



loading...