MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक अशरलाई असुरक्षित सेक्सका कारण १.१ मिलियन डलर तिर्नुपर्यो

Published Date: 2017-07-31 00:00:00



अमेरिकी अभिनेता तथा गायक अशरलाई असुरक्षित सेक्सका कारण १।१ मिलियन डलर अर्थात् ११ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको छ । उनीसँगको यौन सम्बन्ध पश्चात् एक महिलालाई हार्पिज भाइरसको संक्रमण भएपछि उनले उक्त रकम तिर्नुपरेको हो ।उनले ती महिलासँग सन् २०११ र सन् २०१२ मा डेट गरिरहेका थिए । त्यतिबेला उनले २ हजार ७ सय ५४ डलरकोे महिलालाई मेडिकल बिलको रुपमा दिएका थिए ।

३८ वर्षीया अशरमाथि उनले महिलासँग असुरक्षित यौनसम्बन्ध स्थापित गरेको र जसका कारण महिलालाई पनि संक्रमण भएको आरोप लागेको छ ।
अशर आफ्ना ओएमजी, डिजे गट यूएस, फलेन इन लभ र याहजस्ता सुपरहिट गीतका लागि चर्चित छन् । उनले द ह्यांगओभर, फास्ट एण्ड फ्यूरियश र मपेट्स मोस्ट वान्टेडमा अभिनय पनि गरेका छन् ।

loading...