MJ Radio
Facebook Twitter Youtube Skype
Flag

समाज सेवाबाट सुरु गर्यो लिलाले चलचित्रको प्रचार

Published Date: 2017-08-01 00:00:00



चलचित्र ‘लिला’ले आफ्नो प्रचार प्रसारको थालनी समाजसेवाबाट सुरु गरेको छ। आइतबार निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचारको सुरुवात गरेको हो। निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको छ।

सोही कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संचिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्णलगायतले आफ्नै हातले बृद्धबृद्धालाई खाना समेत खुवाए।

रमेश कोइरालाले निर्देशन रहेको चलचित्रलाई सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको छ। चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, लगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रमा कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन्, भने लक्ष्मण बस्नेत, विमला घिमिरे निर्माता रहेका छन्। चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन्।



loading...