MJ Radio
Facebook Twitter Youtube Skype
Flag

करिब आठ बर्षपछी आर्यन र रेखा एकसाथ हुदा रुमाल र औठी चिनो माग्दै

Published Date: 2017-08-03 00:00:00



चलचित्र रुद्रप्रियाको पहिलो गीत ‘रुमाल चिनो देउ’ को गीतको भिडियो सार्वजनिक भएको छ। ‘मेरो माया छ भने‘’ बोलको गीत तिहारमा देउसी(भैलो खेल्ने दर्शकका लागि कम्मर मर्काउन उपहार हुन सक्छ। चलचित्र पनि लक्ष्मीपुजाको अवसर पारेर कार्तिक २ मा प्रदर्शन हुने भएको छ। करिव २० लाखको सेट बनाएर खिचिएको गीतको भिडियोमा प्रविन सिंहको कोरियोगाफ्री रहेको छ।

डान्सिङ नम्बरमा हिट संगीतकार राजनराज सिवाकोटी शब्दरसंगीत छ। राजन इशानको एरेन्ज रहेको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ। चलचित्र ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन भने, निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्। संजय लामाको छायाँकन रहेको सिनेमामा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ। सिनेमामा रेखा र आर्यनसँगै राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ।


loading...