MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘एलजी सिने सर्कल अवार्ड’ मा सहभगी हुदै चलचित्र माईति घर’ को जोडी

Published Date: 2017-08-04 00:00:00



चलचित्र ‘माईति घर’ को जोडी माला सिन्हा र सिपि लोहनी नेपाली आईपुगेका छन्। साउन २३ गते हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड’मा सहभागी हुन पुरानो चलचित्र ‘माइती घर’का जोडी शुक्रबार मध्यान्ह् माला र सिपी नेपाल ल्याण्ड भएका हुन्। एलजी अवार्डमा अतिथिको रुपमा आएका माला र सिपीलाई समारोहमा सम्मान गरिने भएको छ । बिशेषत चलचित्र ‘माइती घर’को टिमलाई अवार्डमा सम्मान गरिदै छ।

माला र सिपीलाई लिन ‘एलजी सिने सर्कल फिल्म अवार्ड’का प्रमुख दिनेश डिसी अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका थिए। नेपाल रहने क्रममा यो जोडीलाई पोखरा र चन्द्रागिरी घुमाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्। माइती घर’मा सँगै काम गरेर विवाह बन्धनमा बाधिएका यी जोडी नेपाल आउन पाउदा खुसी भएको बताएका छन्।


loading...