MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘छक्का पन्जा–२ फस्टलुक पोस्टर रिलिज

Published Date: 2017-08-07 00:00:00



चलचित्र ‘छक्का पन्जा–२ ले ुफ्रेन्डसीप डे’ अर्थात् मित्रता दिवसको अवसर पारेर फस्टलुक पोस्टर रिलिज गरेको छ। चलचित्रकी निर्देशक दिपाश्री निरौलाले फेसबुक मार्फत चलचित्रको पोस्टर सार्वजनिक गरेकी हुन्। चलचित्रको पोस्टरमा चलचित्रको तीन नायिकाको साथमा मुख्य कलाकार फिचर गरिएको छ।

सार्वजनिक पोस्टरमा स्वस्तिमा खड्का, प्रियंका कार्की र बर्षा राउतलाई दुल्हनको भेषमा देखाईएको छ। त्यस्तै पोस्टरमा जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, दिपकराज गिरि र बुद्धि तामाङ पनि फिचरीङमा रहेका छन्। दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दीपकराज गिरीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता विकास आचार्य हुन्। यो चलचित्र असोज ११ गतेबाट देशभरका सिनेमाघरमा आउँने तयारीमा छ।


loading...