MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘समर लभ’मा सुस्मिताको भुमिकामा नायिका नम्रता सापकोटा

Published Date: 2017-08-10 00:00:00



सुविन भट्टराइको चर्चित उपन्यास समर लभबाट बन्न लागेको चलचित्र ‘समर लभ’ मा अनुबन्धित भएकी छिन्। उनी उक्त चलचित्रमा ‘सुस्मिताु नामक भुमिकामा देखिने छिन्। मुस्कान ढकालको निर्देशनमा बन्ने चलचित्रमा मुख्य पात्रहरु करिब एक बर्ष अगाडी नै तय भइसकेको छ। यसै चलचित्रबाट साया र अतितको रुपमा रेवती क्षेत्री र आशिष पियाले डेव्यु गर्दै छन्।

चलचित्रमा अतीत आफ्नो कामको सिलसिलामा पश्चिम नेपाल पुग्दा त्यहाँ सुस्मितासँग भेट हुन्छ। एउटै अफिसमा काम गर्ने भएको कारण उनीहरु बिच शारिरिक सम्बन्ध हुन जान्छ। सुस्मिताले अतितलाई मन पराएकी हुन्छे। त्यसै बिच कथा घुमेको हुन्छ। यतिबेला ‘समर लभ’को वर्कसपमा व्यस्त रहेकी नम्रतालाई समर लभ गर्दा खुसीको साथै दुख लागेको बताउछिन्। यस अघि चलचित्र ‘कान्छी’मा अनुबन्धित भएकी नम्रताले एकै समय सुटिङ सुरु हुने भएकाले कान्छीलाई छोड्नु परेको बताउछिन् । ‘दुवै राम्रो ब्यानरको चलचित्र हो। काम गर्ने मन थियो दुवैमा तर समयले गर्दा त्यो नहुने भयो दुख लागेको छ।



loading...