MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"ऐश्वर्यमा" रमेश र दीपिकाको केमेस्ट्री, हेर्नुस भिडियो

Published Date: 2017-08-12 10:34:58



दिवाकर भट्टराई निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’को पहिलो गीत राजधानीमा एक प्रेसमिट गरि सार्वजनिक गरिएको छ। सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको ‘तिमी रोएको पल’ बोलको गीतमा अर्जुन पोखरलेको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा एक समयका स्टार अभिनेता रमेश उप्रेती र नव नायिका दीपिका प्रसाईं फिचरिङ छन्।

चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ। अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको निर्माण रहेको लभ स्टोरी फिल्म कात्तिक २ गते, लक्ष्मीपुजादेखि रिलिज हुँदैछ। चलचित्रमा रमेश उप्रेतीकै कथा र निर्देशकको पटकथा संवाद रहेको छ।


loading...