MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘धुम २’ मा जय र सिर्जनाको ‘दिल बिचरा’

Published Date: 2017-08-14 00:00:00



चलचित्र ‘धुम २’ को दोस्रो गीत ‘दिल बिचरा’ रिलिज गरिएको छ। गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ। डान्सिङ नम्वरमा जय र सिर्जनाले एकसाथ कम्मर मर्काएका छन् । टंककै सङ्गीत समावेश गीतका रचनाकार दिनेश सुवेदी हुन्।

नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ।जय आफैले यस गीतको कोरियोग्राफी गरेका हुन्। उनी स्वयमको लेखन, निर्देशन तथा निर्माण रहेको यस चलचित्रमा कमेडी, एक्सन, रोमानस र सेन्टिमेन्ट सबै पक्ष समावेश गरिएको छ। लामो समय कलाकारितामा व्यतित गरेका जय भर्सटायल व्यक्तित्वको रुपमा चिनिन्छन्। 


नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा एन।वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ। चलचित्र भाद्र ८ रिलिज हुने तयारीमा छ।


loading...