MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक शेखर बगडियाको “हुक्का रे” सार्वजनिक

Published Date: 2017-08-14 00:00:00



चर्चित गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा सजिएको “हुक्का रे” बोलको गीतको भिडियो हाइलाइटस नेपालले यु ट्युबमा रिलिज गरेको छ। सोहन मानन्धरको संगीत रहेको गीतमा बिजेश्वर तन्डुकारले एरेन्ज गरेका हुन्। पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत संगीतमा बिल्कुल नयाँ प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको रमाइलो भिडियो छ।

“हुक्का रे” बोलको भिडियोमा सुनिल छेत्रीको कोरियोग्राफी एवम नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ। भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले अत्यन्त मेहनत गरेका छन भने सम्पादकमा भरत रेग्मीले कुशल सम्पादन गरेका छन्। 




loading...