MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चन्दा देवानको ‘रम्दैछ अलि अलि’ सार्वजनिक

Published Date: 2017-08-23 00:00:00



गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सचिन सिंहद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन्। युवा सञ्चारकर्मी विदुर खतिवडाको निर्देशनमा तयार भएको गीतको भिडियो अहिलेकी चर्चित नायिका एवं मोडल एलिसा राईले नृत्य–अभिनय गरेकी छिन्।

एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले भूमिका निर्वाह गरेकी छन्। मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको यो गीत–नृत्यको दृश्यांकन राजधानी नजिकै रहेको मनोरम स्थल नगरकोटमा भएको छ जसले गीतको मनोहारिता थप बढाएको छ। सुदीप बरालको छायांकन र राजीव समरको कोरियोग्राफी रहेको यस भिडियो सोमबार सार्वजनिक गरेको हो। भिडियोमा एउटी छोरीले आमासामु अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ। उमेरसंगै छोरीमा आएका चाहना र रहरहरूलाई यो गीतले समेटेको छ।


loading...