MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कसको यादमा पल पल तड्पीराछ रोमियोको छाती

Published Date: 2017-08-23 00:00:00



चलचित्र ‘रोमियो’को नयाँ लिरिकल गीत सार्वजनिक भएको छ। चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो चर्चित भैसकेको छ। चलचित्रमा समावेश दोश्रो गीतको लिरिकल अडियो पनि यसको निर्माणपक्षले सार्वजनिक गरेको छ। एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो। 


कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको यो गीतमा कुर्वानकै शब्द तथा संगीत छ। चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाइ नव-निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन्।


मिलन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ। कात्तिक १७ गते नेपालभर प्रदर्शनमा आउँदै गरेको चलचित्र प्रेमकथामा आधारित छl



loading...