MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"आई एम सरी" भन्दै प्रियंकासँग माफी माग्दै सौगात

Published Date: 2017-08-26 00:00:00



चलचित्र फाटेको जुत्ताको पहिलो गीत "आई एम सरी" युट्युव मार्फत सार्वजनिक भएको छ। प्रभाष मल्लिकले स्वरले सजिएको गीतमा उनकै शब्द तथा संगीत रहेको छ। फाटेको जुत्ताको पहिलो गीतमा चलचित्रको मुख्य कलाकार सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भुमिका रहेको छ।

निकेश खड्का निर्देशनमा तयार भएको चलचित्र फाटेको जुत्तालाई अर्जुन कुमारले निर्माण गरेका हुन्। चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल वुद्धि तामाङ, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र कात्तिक १७ गते प्रदर्शनमा आउने छ।


loading...