MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"ए मेरो हजुर २"टिमले सुरु गर्यो मोफसल यात्रा

Published Date: 2017-08-26 00:00:00



चलचित्र "ए मेरो हजुर २" यति बेला मोफसल प्रमोसनमा रहेको छ। झरना थापको डेव्यु निर्देशनमा बनेको चलचित्रको प्रमोशनमा सलिनमान बनियाँ, साम्राज्ञीराज्य लक्ष्मी शाह,सलोन बस्नेत, झरना थापा लगायतको टिम मोफसल यात्रामा हिडेको हो।

अभिनेत्री झरना थापाले निर्देशन गरेको ए मेरो हजुर २ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्। चलचित्रमा साम्राज्ञी, सलिनमान, सलोन बस्नेतको साथै अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। यस वर्षको आस गरिएको चलत्रित्र मानिएको ए मेरो हजुर २ को गीत तथा ट्रेलरहरुलाई दर्शकले रुचाएका छन्। चलचित्र भदौ १६ गतेबाट रिलिज तयारीमा रहेको छ।


loading...