MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हाँस भनेु सार्वजनिक

Published Date: 2017-08-27 00:00:00



गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हाँस भने’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन छ। गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ।

आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्। भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन्। बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन्। हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन्। 




loading...