MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक चुडामणिको "म छु यता मुग्लानमा" सार्वजनिक

Published Date: 2017-08-27 00:00:00



दशै नेपालीहरु र विशेषत नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो। अबको एक महिनामा नेपालीहरुको महान पर्व दशैँ आउँदै छ । यसैलाई लक्षितगरी गीत सार्वजनिक हुन थालेका छन्। यसैक्रममा दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जना गरेका हुन्।

कुमार केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा रन्जिता गुरुङ र महेन्द्र गौतमलाई फिचरिङ गरिएको छ। उसुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई अनुप शिवाकोटीले सम्पादन गरेका हुन् जसमा हिन्दुहरुको महान पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पिडा देखाईएको छ।


loading...