MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘जोनी जेन्टलम्यान’को दोस्रो गीत जव जव तिम्रो साथ’ सार्वजनिक

Published Date: 2017-08-27 00:00:00



चलचित्र ‘जोनी जेन्टलम्यान’ को नयाँ गीत ‘जव जव तिम्रो साथ’ को भिडियो सार्वजनिक भएको छ। सुरेश लामा र अन्जु पन्तको आवाज रहेको गीतमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र आँचल शर्मा फिचरीङमा रहेका छन्। सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।

नितिन चन्दको निर्देशनमा तयार भएको चलचित्र केहि समय अगाडी नै रिलिज गर्ने तयारी गरिएको थियो। विविध कारण देखाउदै चलचित्रको रिलिज मिति पछाडी धकेलिएको चलचित्र भदौ ३० गते प्रदर्शन मिति तोकिएको छ। महेश दवाडीको कथा रहेको चलचित्रलाई ऐन्ड्रउ पौडेलले निर्माण गरेका हुन।



loading...