MJ Radio
Facebook Twitter Youtube Skype
Flag

भित्ते घडीको साथमा दयाहाङ,बाहिरियो ‘मिस्टर झोले’को फस्टलुक पोस्टर

Published Date: 2017-08-30 00:00:00



रामबाबु गुरुङ निर्देशित नयाँ चचित्र ‘मिस्टर झोले’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ र प्रविन खतिवडा प्रस्तुत भएका छन्। फेसबुकबाट फस्टलुक पोस्टर सार्वजनिक गरेका निर्देशक गुरुङले भदौ १६ गते ‘ओखती’ बोलको गीत सार्वजनिक गरिने जानकारी दिएका छन्। त्यस्तै पहिलो पोस्टरसँगै ‘ओखती’ बोलको गीतको टिजर पनि सार्वजनिक भएको छ।

चलचित्रको पोस्टर सगै रिलिज मिति समेत तय गरिएको छ। चलचित्र ‘मिस्टर झोले’पौष २८बाट प्रदर्शनमा आउने भएको छ। रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको ‘मिस्टर झोले’मा टेकेन खड्काले लगानी गरेका छन्। चलचित्र आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा पुस्कर गुरुङ, अरुणा कार्की, कमल मनी नेपाल, सरोज अर्याल, मनिराम पोखरेल लगायतका कलाकारको पनि अभिनय छ।


loading...