MJ Radio
Facebook Twitter Youtube Skype
Flag

"घायल चरी" बनेर आए गायक विकास संगम राई

Published Date: 2017-08-31 00:00:00



गायक विकास संगम राईको स्वरमा सजिएको "घायल चरी" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। साजन राईको संगीत रहेको गीतमा गायक सोयमले रचना गरेका छन्।

आकाश उखेडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा पबन भट्टराई, संचिता शाही र विकास संगम राईको अभिनय रहेको छ। उक्त भिडियोलाई सुजय गौतमले छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। सार्वजनिक भिडियोमा कार दुर्घटनामा गम्भीर घाइते भएकी प्रेमिकालाई उज्यालो दिन उनले आँखा दान गर्छन्। तर प्रेमीको आँखा पाएकी प्रमिकाले उनलाई वास्तै गर्दिनन्। जीवनका अर्कै केटाको प्रवेश गरेपछि प्रेमिकाले भट्टराईलाई चटक्कै बिर्सिएको देखौन खोजेको छ।


loading...