MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गल्ली गल्लीमा चर्चा बटुल्दै नायिका बिनु शाक्य

Published Date: 2017-12-18 00:00:00



सानै देखि नृत्यमा रुची रहेकी मोडल तथा डान्सर बिनु शाक्य आफुलाई चित्त बुज्ने स्किप्ट पाए मूभी पनि गर्ने सोचमा छिन् | स्टेज प्रोग्राम गर्दा गर्दै हाल उनि पर्दामा देखिन थालेकी छिन् | म्युजिक भिडियाे गर्दै आइ रहेकी बिनु शाक्य चलचित्र जगतको साथ साथै जब पनि गर्छिन | बिनु भन्छिन मलाई मेरो बेली डान्स टिचर एवं गायिका कमला सापकोटा दिदिले मेरो नृत्य देखेर तीजको गीतमा अफर गर्नु भयो त्यस पछि वान डे ट्यालेन्ट हन्टमा सो मा सुबाश प्रधान सरले मेरो राम्रो नृत्य र यस क्षेत्रमा मेरो प्यासन देखेर एउटा भिडियाेमा अफर गर्नु भयो | त्यसपछि मिडिया क्षेत्रमा म झन् आकर्षित भएकी छु | डान्स र मोडलिङ गर्दै गरेकी बिनु शाक्यले बिरेन्द्र हमाल र प्रभाकर देब शर्मा ६ महिने अभिनय तालिम लिएकी छिन् | बिनु शाक्यलाइ नायिका मिथिला शर्माको अभिनय र डान्स मनपर्ने भएकोले उँहाबाट नै प्रवावित भएको बताउछिन् |

loading...