MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘२ रुपैयाँ’मा करोड आयो

Published Date: 2017-12-20 00:00:00



चलचित्र ‘२ रुपैयाँ’ को गीत कुटुमा कुटु नसुन्ने कमै होलान | निकै चर्चामा रहेको यस गीतमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् | चलचित्र २ रुपिया को यस गीतले युट्युबमा ४ करोड भन्दा बढी दर्शक बनाउन सफल भएको छ | राजराज सिवाकोटीको शब्द र सङ्गीत रहेको यस गीतमा स्वर राजराज, मेलिना राई र राजन इसानको रहेको छ | यस भिडियोमा कोरियाग्राफी कविराज गहतराजको रहेको छ | असीम शाहको निर्देशनमा बनेको चलचित्र २ रुपैयाँ’ भदौ २३ गते प्रदर्शन भएको थियो | सफल चलचित्रको सूचीमा परेको यस फिल्म् मा आशिफ शाह, निश्चल बस्नेत, मेनुका प्रधान, रबिन्द्र मिश्र, राजन इसान आदि कलाकारहरु रहेका छन् |


loading...