MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अनमोलको डान्सको धमाका

Published Date: 2017-12-28 00:00:00



‘कृ’को ट्रेलर सार्वजनिक भएको थियो दुई साता अघि जसमा नायक अनमोल केसी अभिनित छन् | १५ लाख बढीले हेरिसकेको ट्रेलरलाई ७ हजार बढी कमेन्ट आएको छ | चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले मन पराएका छन् | ट्रेलरको राम्रो प्रतिक्रिया आए पछि निर्माण टिमले डिसेम्बर ३१ तारिखको दिन कृ को ‘यति यति पानी गंगै रानी’ गीत सार्वजनिक गर्न लागेको चलचित्रका निर्माता सुवास गिरीले आफ्नो फेसबुकमा स्टाटसमा लेखेका छन् | अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा रेनशा वान्तवा राईको कारियोग्राफीमा अनमोल केसीले क्लबमा नाचेका छन् | मिस्टर आरजेको शब्द सङ्गीत रहेको यस गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् | माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण र द सुपर काजोल फिल्मस्ले प्रस्तुति गरेको कृमा सुवास गिरी र भूवन केसीको संयुक्त लगानी रहेको छ | अनमोलको साथमा अदिती बुढाथोकी, अनुप विक्रम शाही अन्य कलाकारहरु रहेको छन् |

loading...