MJ Radio
Facebook Twitter Youtube Skype
Flag

युवा वर्गलाई लक्क्षित गर्दै वेब सिरिज आउदै

Published Date: 2017-12-28 00:00:00



काठमाडौँ। ह्याप्पी रेकर्डको प्रस्तुतिमा ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ नामक एउटा बिल्कुलै फरक कथा वस्तु बोकेको वेब सिरिज यहि आउदो जनवरी १ २०१८ देखि ह्याप्पी रेकर्ड्स नेपाल नामक युब्त्युब च्यानलबाट प्रशारण हुन गइरहेको छ । उक्त वेब सिरिजको टाईटल ट्राक भर्खरै युब्त्युबमा सार्वजनिक गरिएको छ।सिरिजको निर्देशन सुजन मानन्धरले गरेका हुन , भने ब्याग राउण्ड स्कोर रिकेश मानन्धर रहेका छन्। सुलब महर्जनको छायांकन रहेको सिरिजमा सुमन चित्रकार श्रेष्ठ , एरिना गुरुङ , सपना तामाङ , सिरन बज्चार्य आदि मुख्य भुमिका हुनेछ । दुई जोडी बीच हुने रमाइलो प्रसङ्गहरुका साथ् साथै युवा अवस्थाको प्रेम सम्बन्धमा निम्तिने हरेक प्रकारका समस्याहरुको पनि यसमा चित्रण गरिने जानकारी निमार्ण टिमले दिएको छ ।

यो वेब सिरिजबाट नया प्रतिभाहरुलाई पनि प्राथमिकता दिने भएकाले नेपाली युवाहरुले मन पराउनेमा निर्देशक मानन्धर ढुक्क भएको छन । यो वेब सिरिज बजारमा आएका वेब सिरिज भन्दा फरक कथा बस्तु दर्शाउने छ र कमेडी, इन्टरटेमेन्ट र ड्रामा भरिएकउक्त सिरिज जम्मा १२ एपिसोड़े सम्म प्रसारण गरे पछी पहिलो सिजन समाप्त हुने जानकारी पानी निर्माण टिमको रहेको छ।



loading...