MJ Radio
Facebook Twitter Youtube Skype
Flag

आप जोडीको चर्चा

Published Date: 2017-12-29 00:00:00



पछिल्लो समय नेपाली सिने नगरीमा नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । यी दुईले एकसाथ ‘नाई न भन्नु ल ४’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ ९हाल छायाङ्कन भइरहेको० चलचित्रमा काम गरिसकेका छन् । त्यस्तै पल र आँचलले केही म्युजिक भिडियोमा समेत सँगै काम गरेका छन् । एकैसाथ एकै चलचित्रबाट डेव्यु गरेको कारण पनि पल र आँचलको नाम सुरुवाती दिनबाट नै जोडियो ।
केही मिडियाले समाचार लेख्दै यी दुई प्रेममा रहेको समेत दाबी गरेका छन् । तर पल–आँचल भने मिडियासामु आफूहरू साथीमात्र रहेको बताउछन् । रमाइलो त के छ भने यी दुई जोडी सुटिङ सेटमा भने ‘बुढा–बुढी’ले परिचित छन् । बुधवार पल–आँचल अभिनित चलचित्र ‘शत्रुगते’को सुटिङसेटमा सिनेपाटी टिम पुग्दा चलचित्रको गीत छायाङ्कन भइरहेको थियो । उक्त गीतमा पल र आँचल फिचरिङ छन् । छायाङ्कन हुनु अगावै सिनेपाटीसँग अन्तरवार्ता दिन पल–आँचल तयारी गर्दै थिए । त्यस्तैमा चलचित्रका निर्माता समेत रहेका कलाकार किरण केसीले ‘यी बुढा–बुढा के गर्दै छन् रु’ भन्दै बाहिर निस्किए । एकैछिन् माहौल चुपचाप भएपछि सबै हास्न थाले । यता पल र आँचल भने केही अप्ठारो मानिरहेका थिए । पछि पलले हाँसोसँगै माहौल मिलाएका थिए ।

loading...