MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजल फुल्दै जानू प्रिया कतारमा

Published Date: 2018-01-01 00:00:00



गजलकार शशि शर्मा मजगैंयाको नयाँ गजलको भिडियो सार्वजनिक भएको छ । चर्चित सङ्गीतकार गोविन्द मधुर आचार्यको सङ्गीत र उनकै स्वरमा रहेको "तिमि फुल्दै जानू प्रिया म त अब झर्छु होला" बोलको गजलको भिडियो आवाज इन्टरनेशनल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । दाङका निर्देशक सौरभ वलीले कतारको भिभिन्न ठाउँहरुमा एक्सन कट गरेका छन् । 


राजेन्द्र कुमार थापाको छायांकनमा सल्यानका सरोज बोहरा ,मोरङका भिम अधिकारी र दाङकी सपना वेल्वासेले अभिनय गरेका छन् । भिडियोमा कतारको दोहा लगायत विभिन्न रमणीय स्थानहरुको सुन्दर दृश्य कैद गर्दै धेरै मेहनतका साथ भिडियो बनाएको निर्देशक वलीले बताए ।


loading...