MJ Radio
Facebook Twitter Youtube Skype
Flag

झमक बहादुर आउदै

Published Date: 2018-01-01 00:00:00



गत पौष १४ गते वयेको प्रेस विज्ञप्तिमा फ्लिम "झमक बहादुर" जेष्ठ ११ गते देशभरि प्रदशनी आउने तयारीमा रहेको यस चलचित्रमा निर्माता मिनकुमार तामांङ र निर्देशन भोमन कटुवालको रहेको छ |
कमेडीमा बनेको यस चलचित्रको "आमैले भन्थे धाराको पानी" बोलको गीत युटुब मार्फत सार्वजनिक गरिसकेको छ र यो गीतमा कसुम गजमेरको शब्द,संगीत रंजित गजमेर छ भने यस गीतलाई ओम सुनारले रिमिक्स गर्नुभएको हो |
रिमिक्स गीतमा भने ओम सुनार,कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ |
युवी फ्लिमस ग्यालरी, दियालो इन्टरनेन्मेंटको प्रस्तुतिको चलचित्र "झमक बहादुर" मा अनुपविक्रम शाही, यादव देवकोटा "सरापे",राजु कमेडी, सुजाता थापा,मिनकुमार तामांङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् |
राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजनरसूर्यरसलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र सङ्गीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतम र जीवन पराजुलीले छायाङ्कन गरेका छन् । 




loading...