MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नम्बर १ मा पर्न सफल "शत्रुगते" को रुपै मोहनी

Published Date: 2018-01-01 00:00:00



चलचित्र "शत्रुगते" को रुपै मोहनी बोलको गीतले नयाँ किर्तिमान कायम गरेको छ । उक्त गीतलाई सार्बजनिक गरिएको २४ घण्टामा ८ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ जुन अहिले सम्म कै धेरै भ्यु हो । गीतले दर्शकबाट पनि उत्तिकै सकारात्मक प्रतिक्रियाहरु पाईरहेका छ । यो समाचार तयार हुँदासम्म रुपै मोहनी नेपालको यु ( ट्युबको ट्रेण्डिङ नम्बर १ मा, अस्ट्रेलियामा ट्रेण्डिङ नम्बर २० मा, कतारमा ट्रेण्डिङ नम्बर ११ र दुबईमा ट्रेण्डिङ नम्बर ४२ मा रहेको छ।
"रुपै मोहनी" लाई टंक बुढाथोकी र मिना निरौलाले संयुक्त रुपमा गाएका हुन् भने संगीत टंक आफैले भरेका हुन् । गीतका शब्द भने लोकराज अधिकारीले लेखेका हुन् । गीतमा कविराज गहतराजले हरिवंश आचार्य दिपाश्री निरौला र दिपकराज गिरी, प्रियंका कार्की र पल शाह आँचल शर्मालाई जोडी बनाएर नचाएका छन् ।प्रदिप भट्टराई निर्देशित चलचित्रमा मह जोडी, दिपक दिपा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौड्याल, बसुन्धरा भुषाल, रमेशरञ्जन झा, मोहित आचार्य लगायतका कलाकारको भूमिका रहेको छ । मह सञ्चारको प्रस्तुति रहेको चलचित्र "शत्रु गते" को कार्यकारी निर्माता भने किरण केसी रहेका छन् ।


loading...