MJ Radio
Facebook Twitter Youtube Skype
Flag

“के होला माया” सार्वजनिक

Published Date: 2018-01-02 00:00:00



मोडल समाजसेवी तथा नब गायिका शिलु पोखरेलको सुमधुर आवाज रहेको नया गित “के होला माया” को उत्कृष्ट म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक भएको छ l नब गायिका शिलु पोखरेल बिकको स्वर, शब्द तथा संगीत रहेको यस गीतमा रप्रबिन श्रेष्ठको संगीत संयोजन रहेको छ l निर्देशक राहुल शाहको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका आफैले मोडलिङ गरेकी छिन l रमणीय दृश्यलाई सुन्दर रुपमा कैद गरेको यस म्युजिक भिडियोमा गायिका तथा मोडल शिलु पोखरेल बिकको उत्कृष्ट अभिनयको साथमा ग्ल्यामर्स रुप देख्न पाइनेछ l

छोटो समयमानै चर्चित बन्दै गएको नब गायिका शिलु पोखरेल बिकको “के होला माया” अहिले सबैको रोजाइमा पर्दै गएको छ l गायिका शिलु पोखरेको आवाज, अभिनय तथा म्युजिक भिडियोको अहिले चौतर्फी प्रसंसा बटुल्दै गईरहेको छ l


loading...