MJ Radio
Facebook Twitter Youtube Skype
Flag

के भयो रन्जीत पौडेलले रुबिना लामाको पिछा गरे पछि ?

Published Date: 2018-01-03 00:00:00



पछिल्लो समय संचार क्षेत्रमा चर्चा बटुल्दै एक पछि अर्को म्युजिक भिडियोमा ब्यस्त बन्दै गरेका संचारकर्मी तथा मोडल रन्जित पौडेल फेरी म्युजिक भिडियोमा “पल पलको चाहना तिमि” भन्दै मोडल रुबिना लामाको पछि लागेका छन l छोटो समयमानै चर्चित बन्दै गएका मोडलद्वय रन्जीत र रुबिनालाई यस म्युजिक भिडियोमा आकर्षक रुपले प्रस्तुत गरिएको छ l युटुब मार्फत यस गीतको सार्वजनिक भैसकेको छ |
गायक सरोज साम्सोहाङ्ग राईको सुमधुर आवाज रहेको “पलपलको चाहना तिमि” मा योगेश बानु राइको शब्द तथा कुमार थापाको संगीत रहेको छ l मोडल तथा निर्देशक डेबिल सिंह राजपुतले निर्देशन गरेको यस म्युजिक भिडियोमा अमृत सुनुवारको छायांकन रहेको छ भने भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका छन् । गीतको भाब अनुसार मोडलहरुलाई राम्रो संग प्रस्तुति गराई आकर्षक रुपमा निर्माण भएको यस म्युजिक भिडियो अहिले चर्चित बन्दै गएको छ l गीतको भाब अनुसार गीत रोमान्टिक आधारको छ |


loading...