MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जापान सरकारको नजरमा मोडल नम्रता सापकोटा

Published Date: 2018-01-03 00:00:00



वर्किङ भिषा (कामदार) बाहेक पर्यटक भिषामा गएर कुनै पनि देशमा सांगितिक प्रस्तुती दिएर पारिश्रमिक लिईन्छ भने यसलाई गैरकानुनी काम मानिन्छ । तर,यस किसिमको काममा नेपाली कलाकारले मनग्ये कमाएका छन् ।जापानमा काम गर्न पाउने भिषा बिना पर्यटक भिषामा गएर कार्यक्रम गरी मोटो रकम कुम्लाउने कलाकारको कुनै कमी छैन । यसमा कलाकारको मात्र दोष भने होइन । कार्यक्रम आयोजकले पनि कलाकारको लागि अस्थायी रुपमा सिमित काम गर्न पाईने ‘ईन्टरटेनमेन्ट’भिषा नदिई पर्यटक भिषामा ल्याउनु गल्ती हो । पर्यटक भिषामा गएर मोटो रकम लिएर स्वदेश फर्किने गरेपछि पछिल्ला केहि समय देखि जापान सरकारले नेपाली कलाकारलाई भिषामा कडाई गरेको हो । जापान सरकारले नेपाली कार्यक्रमहरु र कलाकारहरु माथि निगरानी राखेको छ । कलाकार भिषा नै दिलाएर कलाकारलाई निमन्त्रणा गर्नुपर्ने नियमलाई अपहेलना गदै पर्यटक भिषा दिलाएर कार्यक्रम गर्न थालेको जानकारी आएपछि जापान अध्यागमनले यसबारेमा कडाई गर्न मातहतका निकायलाई निर्देशन दिएको बुझिएको छ । जापानमा सन २०१७ सम्मको एक तथ्याङ्क अनुसार पाँच सयको हाराहारीमा नेपाली कलाकारको नाममा प्रवेश गरेकाहरु शरणार्थी बन्न आवेदन दिएर बसेको पाइएपछि यो विषय उपर छानबिन गर्दा उल्लेखित अवस्था पाईएकोले कडाई गर्न लागिएको बुझिएको हो । यो विषयमा जापान सरकारको निगरानीमा मुख्यतः कलाकारहरुको नाममा सम्मान सहित प्रदान गरिने भिषा प्रक्रियालाई बेवास्ता गर्दै पर्यटक भिषा प्रदान गरेर देश भित्र्याउने आयोजकहरु परेका छन् । केहि समय पहिले युवा नेता प्रदिप पौडेललाई जापान सरकारले टोकियो स्थित हानेदा विमानस्थलबाट नै नेपाल फर्काएको कुरालाई पनि यसैको निरन्तरताको रुपमा लिइएको छ । यस्तै पर्यटक भिषाकै प्रक्रिया अघि बढ्दा केहि समय पहिले निर्देशक तथा अभिनेत्री झरना थापा सहितको टिमलाई जापान सरकारले भिषा प्रदान नगरेको कुरालाई यसैसँग जोडेर हेरिएको छ । यसैवीच जापानको नागोयामा आगामी जनवरी ६ तारिखमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा सहित गायक सुगम पोखरेल सहभागि हुने कार्यक्रम पनि जापान सरकारको निगरानीमा परेको खबर प्राप्त भएको छ । कलाकारलाई पर्यटक भिषामा ल्याएर कार्यक्रम गर्न लागिएको विषयमा खोजी समेत भएको छ । यो विषयमा सम्बन्धित आयोजकलाई जापान सरकारले स्पष्टिकरणको लागी प्रक्रिया समेत अघि बढाएको श्रोत बताउँछ । कलाकारलाई जापानमा भिषामा कडाई गरिरहेको अवसरमा पर्यटक बनाएर कार्यक्रममा सहभागि गर्ने तयारी गरिएको जानकारी पछि बढिरहेको निगरानीमा नम्रता र सुगमको कार्यक्रम पनि परेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खडका समेत सहभागि हुने कार्यक्रममा नम्रता र सुगमलाई पर्यटक बनाएर सहभागी गराउन लागिएको जापानबाट प्राप्त समाचारमा उल्लेख छ । उनीहरुसंगै अर्का गायक प्रयत्न श्रेष्ठलाई समेत आयोजकले सोहि भिषा दिलाएका छन् । जापान सरकारको यो प्रकारको कदमले गति लिँदै गर्दा र कडाइ बढ्दै जाँदा भने त्यहाँ पुगेर सांगितिक कार्यक्रमको नाममा पैसा कलाउने गरि चल्दै आएको नेपाली कलाकारहरुलो धन्दा समेत चौपट हुने देखिन्छ । कलाकारले सम्बन्धित देशमा पुगेर आफ्नो देशका आप्रवासी नागरिकहरुमाथ कला प्रस्तुत गर्न छुट भएपनि पर्यटकको नाममा पुगेर रकम असुल्ने र त्यहाँ आयोजना हुने कार्यक्रमको लागी रकममै बोलकबोल गर्ने कुरासम्म पत्ता लागेपछि जापानिज सरकारले यो विषयमा निगरानी बढाएको प्राप्त समाचार श्रोत बताउँछ ।

loading...