MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चर्चा हुदै वेबसिरिजको

Published Date: 2018-01-04 00:00:00



पहिलो भागमा अतिथी कलाकारको रुपमा देखिन लागेकी श्वेता खड्का अभिनित वेबसिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक गरिएको छ |‘गज्जब टिभी’ नामक युट्युब च्यानलबाट केही समय पछि सार्वजनिक हुने वेब सिरिजमा प्रेम र प्रेमिल जोडीका रमाईला किस्साहरुलाई देखाईने निर्माण पक्षले बताएको छ । शुभ मिडिया होमको प्रस्तुतीमा सन्देश लामिछानेले निर्देशन गरेको वेबसिरिजमा रमेश गजुरेलको कथा रहेको छ । गोकुल अधिकारीको सिनेम्याटोग्राफीमा निर्माण हुन लागेको वेब सिरिज ‘टेन्सन फ्रि’मा बिष्णु बुुढाथोकीको कन्सेप्ट रहेको छ | वेबसिरिजको पोस्टरमा कलाकार सुवोध गौतम र बिष्णु बुढाथोकीको बिचमा मोडल प्रतिक्षा खतिवडा छिन् । पोस्टरमा प्रतिक्षाको हात सुवोधले समातेका छन् भने स्कर्टको खल्तीमा बिष्णुले केहि राख्दै गरेको देख्न सकिन्छ । अशोक चौधरीको सम्पादमा बन्न लागेको वेब सिरिजमा बिष्णु, सुबोध, प्रतिक्षाको अलावा नारायण नेपाल र निरज रजौरेको अभिनय रहेको छ ।

loading...