MJ Radio
Facebook Twitter Youtube Skype
Flag

के भयो गायक ओम बिक्रम बिष्टलाई?

Published Date: 2018-01-04 00:00:00



हाल अमेरिका बस्दै आएका किङ्ग अफ पपको नामले चिनिने गायक ओम बिक्रम बिष्टको केहि महिना देखी मृगौला बाट पिडित भई अबस्था नाजुक हुदै गएको छ । अमेरिकामा विष्टको उपचारको लागि सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि तयारीमा जुटेका छन् । जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने कार्यक्रमबाट उनको लागिउपचार खर्च कार्यक्रम गरिने भएको छ | अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्ट संग न्यू योर्कमा गएर युट्युबमा संदेश लिएको छ ।भिडियोमा पप सम्राट ओम बिक्रम बिष्टले भासिएको आवाजमा आफू केहि दिन देखि दुवै मिर्गौला खराव भएर डायलेसिसको उपचारमा छु भनेर देश दिएका छन् । अमेरिका पुगेका अभिनेता सरोज खनालले बिष्टलाई तन मन धन ले सहयोग गरौ भनि सन्देश दिएका छन् ।इनास अमेरिका को मुख्य नारा “जिउदो श्रस्टा को सम्मान गरौ ” भन्दै कलाकार को लागि $ १० हजार डलर को गो फन्ड खोलेको छ । एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी नेपालीहरुको धर्म हो। यसकारण आउनुस हामी नेपाली सबै मिलि ओम बिक्रम बिस्ट लाई सहयोग गरौ भनि ईनासले संदेश सार्बजनिक गरेको छ । गत डिसेम्बर ११ मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेला गराएको थियो ।

loading...