MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दुर्गाले मुर्गा बनाइ !!!

Published Date: 2018-01-04 00:00:00



दर्शकहरुको मनमा बस्न सफल गायक सिमान्त सन्तोष पछिल्लो समय चर्चा बटुल्दै गरेका गायक हुन् | उनको बहु प्रतिक्षित गित "दुर्गाले मुर्गा बनाइ" को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ l डान्सिङ बिट र लोकलयमा भएको सबैको जिब्रो झुण्डिन सजिलो बहु प्रतिक्षित यस गितले अहिले सबैतिर बाट प्रसंसा मिल्न थालेको गायक बताउछन | आफ्नो सुमधुर आवाजमा दर्जनौ गीतहरु गायका उनको नया गित "दुर्गाले मुर्गा बनाइ" ले थप चर्चामा पुर्याउने कुरामा दुइमत छैन l गायक श्री कृष्ण लुइटेल(बोकेदारिको) शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका छन भने उत्सब दाहालले छायांकन गरेका हुन l चर्चित गायक श्री कृष्ण लुइटेल(बोकेदारिको), रक्षा, डि गोर्खाली ब्वायज तथा गायक सिमान्त सन्तोषको जोडदार अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियोलाइ कलात्मक पक्षले निर्माण तथा प्रस्तुत गरिएको छ l 




loading...