MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दु:खी हुदै सम्राज्ञी !!

Published Date: 2018-01-04 00:00:00



बेलायतले फेरी पनि रिजेक्ट गरेपछि सम्राज्ञीलाई दु:खी बनाएको छ | कोरियोग्राफर रेनासा वान्तवा राईको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायांकन अहिले अलमलमा छ , कारण सम्राज्ञीलाई बेलायतले रिजेक्ट गर्नु हो | सम्राज्ञी २ पटक रिजेक्ट भै सकेकी छिन् । सम्राज्ञीको नागरिकतामा प्रियंका नाम रहेको र पहिलो पटक भिसा एप्लाई गर्दा सम्राज्ञीको नाम र कागजातहरू बलियो नभएको कारण उनलाई भिसा दिइएको थिएन् । दोस्रो पटक साम्राज्ञी नामको सिफारिससँगै बलियो कागजातहरू बनाएर भारत पुगेकी थिइन् । भारतमा पुगरे भिसाको लागी आवदेन दिएकी साम्राज्ञीलाई फरिपनि बेलायतले पत्याएन । चलचित्रको केहि प्रतिशत छायांकन नेपालमा गरिको र बाकी छायांकन लन्डनमा गर्ने भएकाले चलचित्रका टिम तनावमा छन् | चलचित्रका मुख्य अभिनेता धिरज गुरुङ भने लन्डन मै छन्। चलचित्र इन्टु मिन्टु लण्डनमा सकेर सम्राज्ञी अभिनेता आर्यन सिग्देलको निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’को छायाङ्कनमा व्यस्त हुने तयारीमा थिइन्। ‘इन्टु मिन्टु लण्डनमा’ छायांकन अन्योलमा पर्दा के सम्राज्ञीले अब कायरा को छायांकन सुरु गर्लिन त ??

loading...