MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कसैले गरेको भुल हु म !!!

Published Date: 2018-01-07 08:29:31



नेपालय
न्युयोर्क
जीबन भनेको अनबरत रुपमा बग्ने एउटा नदी जस्तै हो । नदी बग्ने क्रममा बिभिन्न आरोह अबरोध पार गर्दे गन्तब्यमा पुगे जस्तै जीबन पनि बिभिन्न सर्घष पार गर्दे जिउनु पर्ने बाध्यता हुन्छ ।
गीतकार तथा नाटकमा सशक्त रुपमा अभिनय गर्ने पोख्त कलाकार संगीता उप्रेती रिजालको नयाँ सन्देश मुलक गीत कसैले गरेको भुल रहेको म्युजिक भिडियो सर्बोजनिक भएको छ ।
बिना गल्ती जीवनमा भोग्नु परेको ब्यथा र संघर्षहरु सामाना गर्दे अगाडी बढेका हरेक संघर्षशिल पाईलाहरु फुल्न नपाउदै भुईमा झरेका ती निश्चल फुलहरुलाई सिगार्ने संसार सम्पुर्ण ती बिजेताहरुमा सर्मपण गरिएको सन्देशमुलक गीतमा संगिता उप्रेती रिजालको रचना , अन्जु पन्तको स्बर तथा किरण कंडेलको संगितमा रहेको यस भिडियोलाई समन अधिकारले निर्देशन गरेका छन् ।
गीतकार संगिता उप्रेती रिजाल र उनकी छोरी श्रीनीति रिजालको शशक्त अभिनय रहेको यस भिडियो खाली मनोरञ्जन भन्दा पनि एउटा सन्देश बोकेको छ ।
चितवनमा जन्मिएकी तीन दिदीबहिनी मध्ये जेठी संगीता उप्रेती रिजाल सानै देखी गीत सङ्गितमा रुची थियो । हजुरबुवा, बुवाले हार्मोनियम बजाउने घरमा सधैजसो भजन कृतन हुने र फुपुहरुले पनि मादल बजाउन हुदाँ घरमा सांगीतिक माहोल भएकै कारण पनि उनलाई सांगीतिक क्षेत्रमा लाग्न प्रेरित गरेकै कारण पनि उनले नेपाली साङ्गितका आकाशमा योगदान दिदै आएकी छन् ।
केही बर्ष अगाडी “जोडियोस् भत्किएका मनहरु” मा पहिलो पटक अभिनय गरेकी संगीता उप्रेती रीजालको अभिनय यस भिडियोमा कुनै नेपालमा चलेका कलाकारहरुको अभिनय भन्दा कम छैन । सो भिडियोमा आफु सगै छोरीको अभिनयलाई पनि पस्किएकी छन् । छोरी श्रीनीति रिजाल को अचिनयले पनि दर्शकहरुलाई पक्कै पनि मन छुने छ ।
माया प्रेमका गीत त छदै छन् तर पनि पारिवारिक तथा अलि फरकखालको गीत लेख्ने मन पराउने संगिता उप्रेती रिजाललाई उनका श्रीमान बिराज रिजालले पनि यो क्षेत्रमा लाग्नका लागी हौसला दिएको बताउने संगिताले नेपथ्यका सुरज थापासँग भेटघाटले पनि आफुलाई प्रोत्साहन मिलेको बताँउछिन् ।


loading...